दफा १३३
हातहतियार खरखजानाको कारोबारको अभिलेख राख्नु पर्ने

(१) इजाजतपत्र प्राप्त गरी हातहतियार वा खरखजानाको कारोबार गर्ने व्यक्तिले आफूले कारोबार गरेको हात हतियार वाखरखजानाको छुट्टै अभिलेख राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम राखिएको अभिलेखमा अन्य कुराको अतिरिक्त देहायका कुरा खुलाउनु पर्नेछः–
(क) आफूले खरिद वा बिक्री गरेको, ओसार पसार गरेको, भण्डारण गरेको, निकासी वा पैठारी गरेको हातहतियारकोकिसिम, विवरण र परिमाण,
(ख) हातहतियार कसैलाई बिक्री गरेको भए खरिद गर्ने व्यक्तिको नाम, थर, वतन, नागरिकता वा राहदानीको नम्वरर जारी भएको मिति तथा स्थान ।
(३) हातहतियार वा खरखजानाको कारोबार गर्ने व्यक्तिले उपदफा (२) बमोजिमको अभिलेख हातहतियार तथा खरखजानाकोनियन्त्रण वा प्रशासन गर्ने अधिकारी, मुद्दाको अनुसन्धान गर्ने अधिकारी वा अदालतले मागेको बखत देखाउनु वापेश गर्नु पर्नेछ ।
(४) इजाजतपत्र प्राप्त गरी हातहतियार वा खरखजानाको व्यावसायिक कारोबार गर्ने व्यक्ति बाहेक अन्य कसैले हातहतियारवा खरखजानाको कारोबार गर्नु पर्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई गर्नु पर्नेछ ।
(५) उपदफा (१), (३) वा (४) विपरीतको कार्य गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँँसम्मजरिबाना हुनेछ ।